राजविराज,२० साउन। सप्तरीमा रासायनिक मलको आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ।
​प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको नेतृत्वमा प्रशासकीय अधिकृत सन्तोष कुमार रायसहितको टोलीले आज बिहानै राजविराजस्थित सरकारी मल बिक्री केन्द्रहरूको स्थलगत अनुगमन गरेको हो।
​स्थानीय किसानहरूबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै टोलीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई मल वितरण प्रक्रियालाई थप व्यवस्थित, अभिलेखीकरणयुक्त र पूर्णतः गुनासोरहित बनाउन कडा निर्देशन दिएको छ।

​अनुगमनका क्रममा मलको आपूर्तिमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अनियमितता नियन्त्रण गर्न गोप्य अनुगमन प्रक्रियालाई अझ सशक्त बनाइने जानकारी दिइएको छ। यदि कुनै व्यापारी वा निकाय कालोबजारी वा अनियमिततामा संलग्न भेटिएमा कानूनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

​साथै, प्रदेश सरकारसँग निरन्तर समन्वय गरी जिल्लामा थप मल आपूर्ति सुनिश्चित गर्न पहल भइरहेको र किसानले बिनाझन्झट सहज रूपमा मल प्राप्त गर्ने वातावरण निर्माण गर्न जिल्ला प्रशासन कार्यालय सप्तरी प्रतिबद्ध रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर