राजविराज,९ बैशाख । सप्तरीको राजविराजमा मंगलवार योजना छनौट प्रकियामा बालबालिकाको सहभागिता बिषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको आयोजना तथा कन्सोरटियम नेपालको सहजीकरण एवं सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आयोजित अन्तरसम्वाद कार्यक्रममा ६० जनाको सहभागीता रहेको थियो ।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिबनारायण साहको अध्यक्षता तथा जिल्लाको १८ वटै पालिकाका अध्यक्ष, नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र महिला बालबालिका शाखा प्रमुख, जिल्ला बाल क्लब सञ्जाल सदस्यहरु गरी जम्मा ६० जनाको सहभागिता रहेको बल नेपालका निर बहादुर आले मगरले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य उदेश्य योजना छनौट प्रकियामा बालबालिकाको सहभागीताको सुनिश्चितता,बाल सहभागितामा बिनियोजन बजेटको बिश्लेषण गर्नु र बालबालिकाको लागि बजेट बिनियोजन गर्न सप्तरी घोषणा पत्र मार्फत प्रतिबद्धता लिनु रहेको मगरले बताए ।

अन्तरसम्वाद कार्यक्रमका केही झलकहरु

न्यूज डेस्क/कोशी टिभी

लेखकको बारेमा

न्यूज डेस्क/कोशी टिभी

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर