राजविराज,७ माघ । आज चौथो दिन पनि राजबिराज नगरपालिकाका सदस्यहरुको जारी धर्ना प्रति विभिन्न दलका नेताहरुले एक्यवद्धता जनाएका छन ।
आज नेपाली काग्रेँस उप–सभापति रामकुमार यादव ,जनता समाजवादी पार्टीका युवा नेता लक्ष्मण यादव ,नेकपा माओवादी केन्द्रका नेता एवम संविधानसभा सदस्य असर्फि सदा,नेपाल प्रेस युनियन सप्तरी अध्यक्षका बिनय कुमार लाल कर्ण ,नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर लगायतले एक्यवद्धता जनाएका जनाएका हुन ।
यसअघि नेपाली काँग्रेस युवा नेता एवम राजबिराज नगरपालिकाको नगर प्रमुख पदमा गत निर्वाचनमा उम्मेदवार रहेका इर्साद अन्सारी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा राजबिराज नगरपालिकाको नगर प्रमुख पदमा गत निर्वाचनमा उम्मेदवार रहेका दिपेन्द्र चौधरी लगायतले धर्ना स्थल पुगी जारी आन्दोलन प्रति एक्यवद्धता जनाएका थिए ।
राजविराज नगरपालिकाका वडा सदस्यहरुले विभिन्न ७ बुँदे माँग राखी माघ ४ गते देखि नगरपालिकाको मूलद्वार अगाडी धर्ना दिँदै आएका छन्।
गत पुस २२ गते राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख ईसरत प्रविणलाई अटिमेटम सहितको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाए पनि नगर प्रमुखले वास्ता नगरेका कारण उनीहरूले धर्ना लाई निरन्तरता दिएका हुन्।
राजविराज नगरपालिका वडा नं.७ का वडा सदस्य एवम् संघर्ष समितिका संयोजक रामानन्द देवको नेतृत्वमा शनिवार तेश्रो दिन पनि दिउँसो १ बजे देखि २ बजे सम्म धर्ना दिएका हुन ।
आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी रहने संघर्ष समितिका संयोजक रामानन्द देवले बताउनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर