
सर्लाहीको बरहथवा नगरपालिका स्वास्थ्य संस्था स्तरोन्नतिको विषयलाई लिएर नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो। त्यही क्रममा शुक्रबार कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर बरहथवा-५ का जयशंकर साहको मृत्यु भएको प्रदर्शनमा सहभागीले बताएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर साहको मृत्यु भएको पुष्टि गरे। “गोली लागेर एक जनाको मृत्यु भएको छ, थप अनुसनधान भइरहेको छ,” प्रजिअ धमलाले भने।
प्रदर्शनकारीको मृत्यु भएपछि बरहथवा क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीय बासिन्दा पनि विरोधमा उत्रिएका छन्।