सप्तरी,११ मंसिर। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले पुल्चोक इन्जिनियरिङ कलेजको लोकस टोलीसँगको सहकार्यमा राजविराजमा वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) सत्रको आयोजना गरेको छ । राजविराजको ह्याप्पील्याण्ड उच्च माध्यमिक विद्यालय, दुर्गा मावि, पब्लिक बिन्देश्वरी विद्यालयमा सत्रको आयोजना गरिएको थियो ।
सत्रको लक्षित समूह कक्षा ८ देखि १० सम्मका विद्यार्थी थिए । डिजिटल साक्षरता, डिजिटल प्लेटफर्महरूसँग परिचितता, इन्टरनेटका आधारभूत कुराहरू बुझ्ने, सफ्टवेयर र हार्डवेयर आवश्यक कुराहरूको बुझाइका साथै ढिलो ब्राउजिङ समस्याहरू र इन्टरनेट समस्याहरूको आधारभूत समस्या निवारण गर्ने उद्देश्यका साथ सत्रको आयोजना गरिएको थियो। वल्र्डलिङ्कको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सत्र सम्पन्न भएको हो ।
आगामी दिनहरुमा जनकपुर, वीरगन्ज, जलेश्वर लगायत अन्य धेरै स्थानहरुमा यस्ता सत्रहरु संचालन गरिने छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर