विराटनगर/ विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराैला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईन ।

६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो ।

सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताईन ।

उनले विराटनगरको सुरक्षाका लागि महानगरका तर्फबाट प्रहरीलाई सधैं सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख एसएसपी राजन अधिकारी, एसएसपी जय सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्तदान समेत आयोजना गरिएको थियो । कार्कीले रक्तदान कार्यक्रमको समेत शुभारम्भ गरेकी थिईन् । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर