राजबिराज,२५ भदौ। ब्रण्डमाइन्ड डिजिटल फोटो स्टुडियो बोदेबर्साइनका संचालक शंकर धामी यादवको निधन प्रति सप्तरी फोटोग्राफर परिवार संघले गहिरो दुःख व्यक्त गरेको छ।
उनको शोकमा सप्तरी फोटोग्राफर परिवार संघले सोमवार एक शोक सन्देश जारी गर्दै भदौ ३० गते बोदे बर्साइन एरियाका सबै फोटो स्टुडियो बन्द रहने जनाएको छ। साथै जिल्लाको अन्य ठाउँका स्टुडियोहरु दिउँसो १२: बजे सम्म बन्द रहने संघका अध्यक्ष रमेश कुमार राउतद्वारा जारी शोक सन्देशमा उल्लेख छ। संघले यादवको असामयिक निधनले संघलाई अपूरणीय क्षति भएको समेत जनाएको छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर