
जनता समाजवादी पार्टी, नेपालको थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) र मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) घोषणा भएको छ।
शनिबार कपिलवस्तुमा आयोजित भेलाले दुईवटा राष्ट्रिय समिति गठन गरेको हो। भेलाले सुमित्रा चौधरीको अध्यक्षतामा ३९ सदस्यीय थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) गठन गरेको छ। त्यस्तै, कमल बुढामगरको अध्यक्षतामा १४ सदस्यीय मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) गठन भएको छ।
समितिको उपाध्यक्षमा सञ्जय राना, नन्दबहादुर कन्दार, धनरुजी बुढा रहेका छन्। मुख्यसचिवमा सुनिता खडुल, सचिवमा एम डि मगर र कोषाध्यक्षमा पुनम गुरुङ चयन भएका छन्।

जसपाको विधानबमोजिम मगरात राष्ट्रिय समिति गण्डकी प्रदेशमा र थरुहट राष्ट्रिय समिति सुदुरपश्चिम प्रदेशमा पनि गठन हुने व्यवस्था छ।