
सप्तरी १ भदौ। जिल्ला सप्तरी कंचनरुप नगरपालिका वडा नं.८ निवासी समपैत साफी उनको पत्नी किरण कुमारी साफी को पहिलो सन्तान को रुपमा जन्मिएकी प्रतिमा कुमारी साफी अहिले ८ वर्षकी छिन्। आर्थिक अभावको कारणले प्रतिमा कि बुवा कंचनरुप निवासी एक होटलमा काम गर्दै आइरहेको र उ संगै प्रतिमा पनि होटल मै काम गर्दै आइरहेकी र उनको पत्नी किरण आफ्नो माइती तिलाठी कोइलाडी गाउँपालिका को.बरसाइन वडा नं.५ मा ६ वर्ष को प्रेम साफी कान्छो छोरालाई लिएर बस्दै आइरहेकी किरण तत्काल हुर्क नेपाल संस्था एवं द फ्रिडम फण्ड को सहयोगमा आयोजित हरवा चरवा न्यूनीकरण तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत हरवा चरवा महिला बचत तथा ऋण समुहको सदस्यको रूपमा काम गर्दै आइरहेकी तसर्थ मिति २०८० असार २३ गते शनिबार को दिन यस हुर्क नेपाल संस्था को अध्यक्ष एवं कोशि टेलिभिजन प्रशासन तथा सप्तरी ब्यूरो प्रमुख पार्थो सरकार लाई को.बर्साईन बजारमा बचत समुह को अध्यक्ष रिता देवी रजक को साथमा प्रतिमा को आमा किरण थिइन् हालचाल सोध्ने क्रममा संस्थाको अध्यक्ष पार्थो सरकार लाई प्रतिमा को बारेमा थाहा भयो कि पढ्ने खेल्ने उमेरमा प्रतिमा एक होटलमा काम गरिरहेकी छिन् । विद्यालयको पहुँचबाट टाढा रहेकी प्रतिमा,भोलिपल्टै संस्था को अध्यक्ष पार्थो सरकार आफ्नो सहयोगी टीम र कोशी टेलिभिजन टिमको साथ कंचनरुप नगरपालिकाको उक्त होटलमा पुगे र त्यहाँ प्रतिमा कि बुवा समपैत साफी संग भेट गरेर सम्झाइबुझाई तत्कालै घर ल्याउन सफल रहियो। तर यसै बिचमा श्रावण ९ गते संस्थाको अध्यक्ष पार्थो सरकार मातृशोकमा पर्नुभएको थियो। आज मिति २०८० भदौ १ गते कोशी टेलिभिजन टिम सहित राजविराज नगरपालिका वडा नं.५ स्थित प.वि.मा.वि. स्कुलमा कक्षा १ मा भर्ना गराइयो। उक्त विद्यालयका प्र.अ. मोहन मिश्रा, शिक्षक दिलिप साह, शिक्षक शंकर यादव र लेखापाल बबन झा ज्यू समेतले बडा उत्साहको साथ प्रतिमालाइ कक्षा कोठा सम्म पुर्याएर आजैदेखि पठनपाठन सुचारु गराउनु भएकोमा प.वि.मा.वि. स्कुल का प्र.अ.मोहन मिश्रा लगायत शिक्षकहरु एवं सहयोगी हातहरुलाई धन्यबाद समेत व्यक्त गर्नुभएको छ। हाल राजविराज वडा नं.५ सरकार निवास बाटै प्रतिमालाई विद्यालय जाने आउने वातावरण मिलाउनु भएको छ।
