
जनकपुरधाम- गैर सरकारी संस्था महासंघ नेपाल मधेस प्रदेस समितिको सम्पन्न दोश्रो अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमितिलाई निर्वाचित गरेको छ।
गैसस महासंघ नेपाल मधेस प्रदेस समितिको जेष्ठ २६ र २७ गते जनकपुरधाममा भएको दोश्रो प्रदेस अधिबेसन तथा तेस्रो साधारण सभाबाट राम बाबु साह, नरेश जसबाल, प्रमोद घिमिरे, राम प्रसाद साह, घनश्याम श्रेष्ठ, लक्ष्मण यादव, कबिता कुमारी चौधरी, प्रमिला गिरि र सिमा खड्कालाई निर्वाचित गरेको छ।
महासंघको विधान अनुसार निर्वाचित ९ जना भित्र बाट नै अगामी बैठकबाट पदाधिकारी चयन हुने प्रावधान रहेको यादवकुमार सरकारले जानकारी दिए ।
