
नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

नेता भुसाल शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एमालेका उपमहासचिव रहेका नेता भुसाल मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।