नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ।

आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एन-एएनसी जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०:५० मा दुर्घटना भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्‍यान गुमेको हो।

जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धार तथा खोजतलासको काम गरिरहेको छ।

नेपालमा योसहित दुई इन्जिजका ५० वटा जहाज दुर्घटनामा परिसकेका छन्।

यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो। १९६९ जुलाइ १२ मा नेपाल एयरलाइनसको जहाज हेटौंडा नजिकै दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।

उक्त संख्या पछि अहिले पोखरामा धेरैको ज्यान गुमेको हो।

पछिल्लो समय सन् २०२२ मे २९मा तारा एयरको जहाज मुस्ताङको टिटी घासा क्षेत्रमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो।

त्यसअघि सन् २०१९ सन् अप्रिल १४ मा लुक्ला एयरपोर्टमा भएको समिट एयर दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।

समिट एयरकै कार्गो जहाज सन् २०१७ मे २७ मा लुक्लामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।

सन् २०१६ फेब्रुअरी २४मा तारा एयरको जहाज म्याग्दीमा दुर्घटना भएको थियो। त्यस दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए। अन्तर्राष्ट्रिय जहाजतर्फ नेपालमा १० दुर्घटना भएका छन्।

जसमध्ये सबैभन्दा धेरै १६७ जनाको मृत्यु भएको छ।

१९९२ सेप्तेम्बर २८मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो।

त्यसअघि १९९२ सन् १९९२ मा थाइ एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो।

पछिल्लो समय सन् २०१८ मार्च १२मा युएस बंगालको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका थिए।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर