बलिउड अभिनेत्री राखी सावन्त र उनका प्रेमी आदिल खानले ७ महिनाअघि विवाह गरेका थिए। यसको जानकारी राखी आफैँले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर उनका प्रेमी आदिल यो विवाहलाई लिएर केही बोलेका थिएनन्।

आदिलले यो विवाहलाई अस्वीकार गरेको बलिउडमा चर्चा सुरु भएको थियो। यो चर्चाका बीच आदिलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हालैको एक अन्तर्वार्तामा आफ्नो परिवारले राखीलाई अस्वीकार गरेको बताएका छन्।

आदिमले ई-टाइम्ससँगको कुराकानीका क्रममा भनेका छन्, ‘म र राखीले विवाह गरिसकेका छौँ। तर मेरो परिवारले राखीलाई बुहारीका रुपमा स्वीकार गरेका छैनन्। म परिवारलाई मनाउँने कोसिसमा छु।’

उनले विवाहपछि आफूहरु निकै खुसी रहेको समेत बताएका छन्।

राखी सावन्तले ७ महिनाअघि मात्रै विवाह गरेको दाबी गरेकी थिइन्। आदिल र राखीले मुस्लिम परम्पराअनुसार विवाह गरेका थिए। राखीले विवाहपछि आफ्नो धर्म र नाम परिवर्तन गरेकी छन्। राखीको परिवर्तन नाम ‘फातिमा’ राखिएको छ।

आफ्नो एक अन्तर्वार्तामा आदिलले भनेका छन्, ‘हामी सँगै बाँचिरहेका छौं र खुसी छौं।’

परिवारले दुवैको यो बिहेलाई स्वीकार्न नचाहेको र यसै कारणले बिहेको कुरा अस्वीकार गरेको उनको भनाइ छ।

राखी र आदिलको विवाहको प्रमाणपत्र लिएको फोटो अनलाइन लिक भएको केही घण्टापछि राखीले आफ्नो इन्स्टाग्राममा विवाहको पुष्टि गर्दै फोटो पोस्ट गरेकी थिइन्। उनले आफ्ना पति आदिलका लागि ‘अन्तमा त्यो दिन आयो। म धेरै खुसी छु कि मैले विवाह गरें र तिम्रा लागि मेरो माया सधैं बिनासर्त रहनेछ’ भनेर लेखेकी थिइन्।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर