पोखरामा आइतवार यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाएकोमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक सन्देश पठाएका छन्।

मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले पुटिनले समवेदना सन्देश पठाएको बताएका छन्।

यो दुर्घटनामा ४ जना रसियन नागरिकको समेत ज्यान जाने गरी भएको जहाज दुर्घटनाप्रति पुटिनले दु:ख व्यक्त गरेका हुन्।

पुटिनले नेपालस्थित समकक्षी विद्यादेवी भण्डारीलाई आइतवार नै नेपाली दूतावासमार्फत शोक सन्देश पठाएका हुन्।

‘राष्ट्रपति पु्टिनले यस भयानक विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवार र आफन्तजनप्रति समवेदना र सहानुभूतिका शब्दहरू व्यक्त गर्नु भएको छ’, रसियन समाचार एजेन्सी इन्टरफ्याक्सले यसबारे उल्लेख गरेको छ।

पोखराको सेती खोंचमा भएको यो दुर्घटनामा अधिकांश नेपाली यात्रु परेका छन्। त्यस्तै भारतीय र रसियनसहितका विदेशी नागरिकले पनि ज्यान गुमाएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर