२२ पुस, काठमाडौं । सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।

राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।

कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर