दुई विश्व सुन्दरीले एक अर्कासँग विवाह गरेका छन् । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टाे रिकोले इन्स्टाग्राममा आफूहरूले विवाह गरेको घोषणा गरेका छन् ।

बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका थिए ।

उनीहरूबीच थाइल्याण्डमा भएको २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए । जहाँ उनीहरूले अर्जेन्टिना र पोर्टाे रिकोको प्रतिनिधित्व गरेका थिए ।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए । त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरूले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।

उनीहरूले अक्टोबर २८ मा विवाह गरेका थिए । तर आफूहरूले विवाह गरेको कुरा कुनै विशेष दिन सार्वजनिक गर्ने भनेर बसेको यो जोडीले बुधबार विवाह भएको घोषणा गरेको हो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर