नेपाल टी–२० लिग क्रिकेटमा विराटनगरले पहिलो जित निकालेको छ । बुधवार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो ।

विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुईरदुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो ।

पोखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लोहनीले २६ रन बनाए । बलिङतर्फ पोखराका हुसैन तलाल र राज ननानले दुईदुई विकेट लिए ।

आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाको चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेको पोखरा तालिकाको पुछारमा छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर