राजविराज, १९ मंसिर –सप्तरीमा गएराति भएको बस–ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरुप नगरपालिका–२, बरमझियास्थित पूर्व–पश्चिम राजमार्गमा राति करिब पौने ११ बजे दुर्घटना भएको हो।
जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००१ ख ०२८७ नम्बरको बस र विपरीत दिशाबाट आउँँदै गरेको ना.३ ख ४४०२ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार करिब ५० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी रहेको इन्स्पेक्टर विजय कार्कीले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरूमा महोत्तरी जलेश्वर–४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा–४ का ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया–६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ति–१ की टिका देवी दुलाल, सर्लाही पर्सा–६ का ४० वर्षीय मनोज कुमार साह, मोरङ सुन्दरहरैचा–४ की २२ वर्षीया कृतिका कोइराला रहेका छन्।
त्यसैगरी भारत मधुवनी सुजातपुरका ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ इन्ताफ, भारत रागोरपुर बख्री–४ का २२ वर्षीय अनिस कुमार शर्मा, भारत सितामढी भिठामोड–४ का २४ वर्षीय सुभानसुकुमार झा तथा भारत सिरखण्डी भिठा–६ की ७३ वर्षीय शान्ती देवी घाइते छन्।
घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगेिएको प्रहरीले जनाएको छ।






