राजविराज, २२ कात्तिक — सप्तरी प्रहरीले जिल्ला अदालतबाट कैद र जरिवाना सजाय तोकिएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार तिरहुत गाउँपालिका–४ निवासी रामा देवी सरदार र रिता देवी सरदारलाई पक्राउ गरिएको हो। उनीहरू दुबैलाई सप्तरी जिल्ला अदालतले जनही तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उनीहरूलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको बताइएको छ।

पक्राउ परेका दुबै जनालाई शुक्रबार जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद कुमार साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर